टेलिकमले नयाँ डाटा प्याकेज ल्यायो

टेलिकमले नयाँ डाटा प्याकेज ल्यायो

  • शुक्रबार, कार्तिक २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौँ, २० कात्तिक । नेपाल टेलिकमले ग्राहकको माग बमोजिम इन्टरनेट प्रयोगकर्ताका लागि डाटा प्याकेजको नयाँ योजना ल्याएको छ ।

टेलिकमले उपलब्ध गराएको सानो परिमाणको डाटा प्याकेजमा ग्राहकबाट अत्यधिक माग भए बमोजिम जिएसएम÷सिडिएमएका प्रिपेड र पोस्टपेड सेवामा आगामी कात्तिक २२ गतेदेखि नयाँ डाटा प्याकेज उपलब्ध गराउने भएको हो ।

उक्त सेवाअन्तर्गत जिएसएम १० एमबीको दुई दिन अवधिको महसुल दर रु आठ जिएसएम प्रिपेड र पोस्टपेड ५० एमबी १० दिनको महसुल रु ३५ र सिडिएमए प्रिपेड पोस्टपेड ४० एमबी तीन दिनको महसुल रु १५ निर्धारण गरिएको टेलिकमले जनाएको छ ।

उल्लेखित महसुल दरमा नियमअनुसार थप १३ प्रतिशत कर लाग्ने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

जिएसएम पोस्टपेडमा डाटा सुविधा लिनका लागि डाटा र आफूले चाहेको परिणामको बीचमा खाली स्पेस राखेर १४०० सय डायलमा एसएमएस पठाउनु पर्नेछ ।

जिएसएम पोस्टपेड प्रयोग गर्न बाँकी रहेको डाटा परिमाण थाहा पाउन सिबी टाइप गरी १४०० मा एसएमएस पठाउन सकिने टेलिकमले जनाएको छ ।

त्यस्तै जिएसएम प्रिपेड र सिडिएमए पोस्टपेड÷प्रिपेडमा डाटा सुविधा लिनका लागि आफुले लिन चाहेको डाटा परिणाम उल्लेख गरी १४१५ मा एसएमएस पठाउनु पर्नेछ ।

उक्त परिणामको बाँकी डाटा थाहा पाउन भिएल टाइप गरी १४१५ मा एसएमएस पठाउन सकिने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी