अनिल झा नेतृत्वको सदभावना पार्टीका महासचिव सिंह पक्राउ

अनिल झा नेतृत्वको सदभावना पार्टीका महासचिव सिंह पक्राउ

  • शुक्रबार, कार्तिक २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

भैरहवा, २० कार्तिक ।

अनिल झा नेतृत्वको सदभावना पार्टीका केन्द्रीय महासचिव हरिशचन्द्र सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

गाडीमा ढुगांमुढा गरेको आरोपमा महासचिव सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

बिहीबार बन्दको क्रममा प्रहरीले भैरहवा लुम्विनी सडकखण्ड गोनाहा ६ बनगाईस्थित गाडी स्कोटिङ गरेर लैजाने क्रममा गाडी माथि ढुंगा मुढा प्रहार भएको थियो ।

सोही क्षेत्रमा गत भदौ २९ गते गाडी स्कोटिङ गरेर लैजाने क्रममा आन्दोलनकारीले ढुगांमुढा प्रहार गरेपछि प्रहरीले चलाएको गोली लागेर ४ वर्षीय बालकसहित ६ जना सर्वसाधारणको मृत्यु भएको थियो ।

महासचिव सिंहलाई पक्राउ गरेको विरोधमा सो क्षेत्रमा प्रहरी प्रशासनविरुद्ध नाराबाजी भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ