काठमाडौ २० कार्तिक ।
झापाको तोपगाछीमा गएराति भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको तोपगाछीमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ७ प २१ ०० नम्बरको मोटरसाइकलले ठक्कर दिदा तोपगाछी ३ का ६० वर्षीया डम्बरकुमारी कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका कार्कीको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा गएराति नै मृत्यु मृत्यु भएको प्रहरी प्रमुख रोशन आचार्यले जानकारी दिनुभयो ।
तीव्र गतिमा रहेको मोटरसाइकलले कार्कीलाई बाटो काट्ने क्रममा ठक्कर दिएको बताइएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline