क्रान्तिकारी केन्द्रिय समितीको दोस्रो पुर्ण बैठक सम्पन्न

क्रान्तिकारी केन्द्रिय समितीको दोस्रो पुर्ण बैठक सम्पन्न

  • बिहिबार, कार्तिक १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

दाङ, १९ कार्तिक ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थि युनियन (क्रान्तिकारी) केन्द्रिय समितीको दोस्रो पुर्ण बैठक हालै दाङमा सम्पन्न भएको छ ।

नेकपा माओवादीका महासचिव नेत्रबिक्रम चन्द विप्लवको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले केही महत्वपुर्ण निर्णयहरु समेत गरेको छ ।

जसअनुसार हालै चितवनमा सम्पन्न २० औँ राष्ट्रिय सम्मेलनको समिक्षा सहित सम्मेलन ऐतिहासिक रुपमै भव्यता पुर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ । त्यस्तै राष्ट्रियताका पक्षमा विद्यार्थि जागरण– जुझारु संगठनको लागि तीन ‘स’ ( सदस्यता, संगठन, संघर्ष ) अभियान सञ्चालन गर्ने निर्णय पनि गरिएको छ । त्यस्तै देशै भरिका विद्यालय , विश्वविद्यालयहरुमा ५ लाख सदस्यता वितरण गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै संघर्षका सवालमा शैक्षिक क्षेत्रमा दलाली गर्नेहरुको कालो सुची तयार गरि पर्चा र होडिङ बोर्ड राखेर भण्डाफोर र बिरोध गर्ने समेत निर्णय गरिएको अनेरास्ववियु (क्रान्तिकारी)द्धारा जारी बिज्ञप्तिमा जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ