काठमाडौं, १९ कार्तिक ।
नेपाल र हङकङबीच भइरहेको दुईदिवसीय क्रिकेटको पहिलो पालोमा हङकङले २१५ रन बनाएको छ ।
नेपालले अहिले आफ्नो पहिलो पालीको व्याटिङ सुरु गरिसकेको छ । अनिल मण्डलसंगै ओपनिङ गरेका क्षेत्री आउट क्याच आउट भएपछि अहिले मण्डल र सागर पुन क्रिजमा डटिरहेका छन ।
युएइको अबुधाबीमा टस जितेर ब्याटिङ थालेको हङकङले ६० ओभरमा ४ विकेट गुमाउँदा २१५ रन बनाएपछि आफ्नो पालो सकिएको घोषणा गरेको हो ।
नेपालका बसन्त रेग्मीले २ र करण केसीले १ विकेट लिए। कसिलो बलिङ गरेका इर्शद अहमेदले ११ ओभर बलिङ गर्दा ४ मेडन राख्दै २५ रन खर्चिए भने मेहबुब आलमले ८ ओभरमा ३ मेडन राख्दै २० रन खर्चिए । हङकङका बाबर हायतले सर्वा्धिक अविजित ६८ रन बनाए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline