सरकारसँग वार्ता हुदैन : कर्ण

सरकारसँग वार्ता हुदैन : कर्ण

  • बिहिबार, कार्तिक १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

भक्तपुर, १९ कार्तिक ।

सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सरकारले बारम्बार झुक्याएका कारण तत्कालै वार्ताको सम्भावना नभएको बताउनु भएको छ ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा कर्णले सरकारले एकातर्फ वार्ता गर्ने र अर्को तर्फ आन्दोलनकारी मार्ने दोहोरो चरित्र देखाएकाले तत्काल वार्ताको वाताबरण सकिएको बताउनु भएको हो ।

सरकारले मधेशको आन्दोलनका नाममा बारम्बार नेपालीसँग झुट बोल्ने र मधेशमा आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई दश लाख दिने घोषणा समेत झुटको खेती भएको र यस्तो झुटको खेती गर्ने सरकारको आयु समेत लामो नरहेको उहाँको भनाई छ ।

मधेशको आन्दोलनका जायज मागहरुको सम्बोधन गर्न सरकारले तत्तपरता नदेखाएकै कारण आन्दोलनकारीहरुले शान्तीपूर्ण धर्ना दिएको र धर्नालाई समेत ध्यान दिन छाडेपछि नाकाबन्दी सम्मको अवस्था श्रृजना भएको भन्दै कर्णले भन्नु भयो मधेशका जायज मागको सम्बोधन गर्न काठमाडौंका जनताले साथ दिए एक दिनमै समस्याको सम्बोधन हुने छ ।

बिरगंजमा जारी आन्दोलनमा एक भारतियको मृत्यु आन्दोलनमा आबद्ध नभएर मामाको घर पुगेर आन्दोलनको रमिता हेर्ने क्रममा भएको भन्दै उहाँले मधेशको अन्दोलनमा भएको मानब अधिकार हननका बारे सबै चुप लागेको टिप्पणी गर्नु भयो ।

तीन महिना भन्दा पनि लामो शान्तीपूर्ण आन्दोलनको माग सुनुवाई नभएको आक्रोशमा मधेशका युवा आन्दोलनकारीहरुले हतियारको माग गरिरहेको भन्दै कर्णले शान्तीपूर्ण आन्दोलननै सफलताको आधार भएकाले हतियार आवश्यक नहरेको भन्दै सम्झाउन सफल भएता पनि यस्तै भइरहे भन्न नसकिने उहाँको तर्क छ ।

मधेशको आन्दोलनलाई भारतको सहयोगको बिल्ला भिराएर मधेशकै नेपालीको अपमान गर्ने काम यो सरकारले गरेको र नाकाबन्दी भारतले गरेको भन्दै अन्धो राष्ट्रबादको बिल्ला झुन्डाएर नेपाली नागरिकलाई दुःख दिने काम गरिरहेको कर्णको आरोप छ ।

अर्को प्रसंगमा अंगीकृत नागरिकताका सवालमा राजेन्द्र महत्तोको नागरिकता अंगीकृत नभएर बंशजको आधारमा भएको भन्दै आफ्नो पार्टीका अध्यक्षको बद्नाम गर्न यस्तो हल्ला गरिएको उहाँँले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ