काठमाण्डौ,१९ कात्तिक।
८२ दिनदेखि मधेस आन्दोलनसँगै धनुषासहित तराई मधेसका आठ जिल्लाका सामुदायिक विद्यालय बन्द हुदा लाखौ विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको छ ।
तराईका शैक्षिक संस्था साउन २८ देखि बन्द भएका हुन् । बन्दले एकातिर विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन् भने अकोतिर उनीहरूमा नकारात्मक मनोवैज्ञानिक असर परिरहेको सरोकारवालाको भनाई छ ।
शिक्षा नियमावलीअनुसार एक शैक्षिकसत्रमा २२० दिन विद्यालय खुल्ला हुनुपर्ने व्यवस्था छ । त्यसैगरी शिक्षकले विद्यालयमा १९२ दिन अनिवार्य रूपमा पढाउनुपर्छ । तर अहिलेसम्मको अवधिमा यस क्षेत्रमा जम्मा ४५ दिन निरन्तर रुपमा पढाइ भएको मात्र देखिन्छ ।
बैशाख १२ गतेको बिनासकारी भूकम्पको कारणले जेठको पहिलो सातासम्म पढाइ अवरुद्ध भएको थियो । असारपछि गर्मी बिदा भएयता विद्यालय सञ्चालनमा आउन सकेका छैनन ।
अहिले मधेसको वातावरण असहज भएकाले विद्यालय सञ्चालन गर्न कठिन छ । फेरि तराई मधेसकै कतिपय जिल्लामा भने अध्ययन भइरहेको छ ।
अरु भन्दा पनि एसएलसी दिने बिद्याथीको भबिष्य अन्यौलमा परेको छ ।