काठमाण्डौ,१९ कात्तिक ।
बार्सिलोना च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा विजयी भएको छ । डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले समुह इ मा रहेको बेइट बोरेसोभलाई ३–० गोल अन्तर पराजित गर्दै नकआउट चरणमा छनौट हुने सम्भावना बलियो बनाएको छ ।
बार्सिलोनाका स्टाइकर नेमारले ३० औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गरी सुरुवाती अग्रता दिलाएका थिए त्यसको ६० औं मिनेटमा लुइस स्वारेजले बार्सिलोनाको अग्रता दोब्बर पारे ।
८३ औं मिनेटमा नेइमारले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ३–० ले विजयी भएको हो । चार खेलबाट १० अंक जोडेको बार्सिलोना समुह इको शीर्ष स्थानमा छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline