पाचँ दिनदेखि दशगजामा एसएसबीको क्याम्प

पाचँ दिनदेखि दशगजामा एसएसबीको क्याम्प

  • बिहिबार, कार्तिक १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाण्डौ ,१९ कार्तिक ।

दुई देशबीचको सम्झौता उल्लघन गर्दै भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजा क्षेत्रमा अस्थायी क्याम्प खडा गरि कामकारवाहि सन्चालन गर्दै आएको छ ।

नेपाल भारतको सिमामा पर्ने जोगवनीस्थित दशगजा क्षेत्रभित्र पाच दिन देखि क्याम्प खडा गरी एसएसबीले कार्यसन्चालन गर्दै आएको हो ।

एसएसबीको क्याम्प बसेकको एक साता पुग्न लाग्दा पनि नेपाली पक्षले त्यसलाई फिर्ता पठाउन पहल गर्न सकेको छैन । सीमाको दशगजा क्षेत्रलाई दुवै देशले प्रयोग गर्न मिल्दैन । त्यहाँ भौतिक संरचना निर्माण गर्न पनि पाईदैन ।

दुवै देशको सिमाना छुट्याउन गाडिएको पिलर छेउमै एसएसबीले क्याम्प खडा गरेको छ । विराटनगरबाट जोगवनी प्रवेशका लागी बनाईएको गेटदेखि भित्रपट्टि टेन्ट टागेर क्याम्प बनाईएको आजको कान्तिपुरमा खबर छ । एसएसबीको क्याम्प र नेपाली भूभागमा गाडिएको पिलरको दुरी दुई मिटरमात्रै छ ।

संयुत्त लोकतान्त्रिक मधेशी मोर्चाको आन्दोलनका क्रममा दशगजा क्षेत्रमा प्रवेश गरेर आन्दोलनकारीले नेपाली भुमिमाथि आक्रमण गर्दै आएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ