सातौँ राष्ट्रिय खेलकुद तोकिएको समयमा नहुने

सातौँ राष्ट्रिय खेलकुद तोकिएको समयमा नहुने

  • बिहिबार, कार्तिक १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ, १९ कात्तिक ।

पूर्वाञ्चलमा आगामी मङ्सिर ११ गतेदेखि हुने तय भएको सातौँं राष्ट्रिय खेलकुद प्रतियोगिता घोषित मितिमा नहुने भएको छ ।

समयमै बजेट निकासा नभएको, तराई मधेसमा जारी आन्दोलन र भारतले गर्दै आएको अघोषित नाकाबन्दीका कारण निर्धारित मितिमा प्रतियोगिता गर्न नसकिने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले बताएका छन ।

नयाँ मन्त्री नियुक्त भएपछि प्रतियोगिताको नयाँ मिति तय गरिने बिष्टको भनाई छ । तराई मधेसमा जारी आन्दोलन र नाकाबन्दी तत्काल हटे आगामी पुस र मधेस बन्द रहीरहे फागुनसम्ममा प्रतियोगिता सम्पन्न गरिने उनले बताएका छन ।

विभिन्न राष्ट्रिय खेल सङ्घका पदाधिकारीहरुसँग भएको छलफलका क्रममा राखेपलाई अधिकांशले मुलुकको विभिन्न भागमा जारी बन्द, हड्ताललगायतका प्रतिकुल अवस्थामा सातौँ राष्ट्रिय खेलकुदको मिति सार्न सुझाव दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी