नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको पर्यटकको भनाइ

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको पर्यटकको भनाइ

  • बुधबार, कार्तिक १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौँ, १८ कात्तिक । बेल्जियम एक नागरिकले नेपालको पर्यटन क्षेत्र भूकम्पबाट सुरक्षित रहेको बताएका छन् ।

दुई साताअघि नेपालको विभिन्न ठाउँमा आफना समुहका साथ पदयात्रा सुरु गरेका बेल्जियमका प्रा डा म्याथ्यु भेण्फेनवल्कले आज पत्रकार सम्मेलन गरी नेपालको पर्यटन क्षेत्र अझै सुरक्षित रहेको र पर्याप्त सम्भावना रहेको जानकारी दिएका हुन् ।
उहाँले अल्जाइमर (बिर्सने रोग) भएका व्यक्तिलेसमेत तीन हजारभन्दा अग्लो क्षेत्रको अवलोकन गर्न सक्छन् भन्ने जानकारी दिनका लागि तीन जना अल्जाइमर रोगीलाई सँगै घुम्न लगेको जानकारी दिनुभयो ।

बेल्जियमको उक्त टोलीले नेपालको प्रमुख पर्यटकीय स्थल पोखरा, अन्नपूर्ण क्षेत्रको वृत्तचित्र बनाउनेसमेत पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

वृत्तचित्रले नेपालको पर्यटन क्षेत्र सुरक्षित र आकर्षक रहेको सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवाह गर्ने र सो वृत्तचित्रबाट संलग्न गरिएको रकम अल्जाइमरको उपचारका लागि खर्च गर्ने जनाएको छ ।

उनीहरुले अल्जाइमरका रोगी नेपालमा पनि भएकाले नेपालीका लागिसमेत यो पदयात्राले पाठ सिक्ने अवसर मिलेकोे बताएका थिए ।

अल्जाइमरको जनचेतना फैलाउन बेल्जियमको १४ जनाको टोली नेपाल आएको थियो । सो टोलीले कास्कीको नयाँपुलदेखि पुनहिलसम्मको पदयात्रा गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी