सीसी क्यामरासहित प्रहरीले गर्यो घरदैलो अभियान सुरु

सीसी क्यामरासहित प्रहरीले गर्यो घरदैलो अभियान सुरु

  • बुधबार, कार्तिक १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौं, १८ कार्तिक ।

महानगरीय प्रहरी परिषर भक्तपुरले विभन्न चाँडपर्वलाई मध्यानजर गर्दै जिल्लाभरी नै आजदेखि घरदैलो अभियान थालेको छ ।

तिहार, नेपाल सम्बत् र छठ लगाएतका पर्वमा हुनसक्ने अपराध न्यूनीकरणका लागि घरदैलो अभियान सुरु गरेको परिषरका प्रमुख एवं प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो ।

प्रहरीले जुवा तास खेल्ने, खेलाउने, पटका बिक्री गर्ने तथा पट्काउने समेतलाई कडा कारबाही गर्ने भएको छ भने प्रहरी परिषर तथा जिल्लाभरका प्रहरी बृत्त एवं प्रभागबाट प्रहरी परिचालन गरेर जनचेतना अभिबृद्धि सहितको कार्यक्रम संचालन भएको हो ।

प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक शेखर खनालले तिहार, नेपाल सम्बत र छट पर्वमा प्रहरी परिचालन गरि गस्ति गर्ने, प्रहरीको रात्रीकालिन एम्बुस थाप्ने, सादा पोशाकका प्रहरी परिचालन गर्ने, पेट्रोलिङ गर्ने बताउनुभयो ।

प्रहरीले भक्तपुर नगरपालिका क्षेत्रभित्र अपराध नियन्त्रण गर्न चोक चोकमा २० वटा सीसी क्यामरा जडान गरेको छ ।

सीसी क्यामरा जडान गरि नगरक्षेत्र भित्रको गतिबिधी पसिषरले कन्ट्रोल रुपबाट हेर्ने व्यबस्था गरिएको परिषरका प्रमुख प्रहरी उपरीक्षक बज्राचार्यको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ