काठमाण्डौ,१८ कात्तिक ।
धार्मिक तथा पर्यटन प्रवद्र्धन सम्बन्धी एक दिने बिचार गोष्ठी एवम् दशै, तिहार र छट पर्बको अवसरमा शुभ कामना आदान प्रदान कायृक्रम आज कैलालीको कैलाशधाम तिर्थस्थल, लम्कीचुहा १ बल्चौरमा आयोजना गरीएको छ ।
विश्व हिन्दु एकता परिषद् नेपाल कैलाशधामको आयोजनामा आयोजित कार्यक्रम आज बिहान साढे ११ बजे बाट शुरु हुने संस्थाका महा सचिव एवम् धार्मिक तथा पर्यटन पत्रकार संघ का सदस्य देवानन्द न्यौपानेले जानकारी दिनु भएको छ ।
कार्यक्रममा यस क्षेत्रका पर्यटन ब्यावसायि, बिभिन्न सरोकारवाला संघ संस्था तथा समाजसेबिको कार्यक्रममा सहभागिता रहने बताइएको छ ।
राज्य बाट विकासमा पछाडि पारीएको सुन्दर सुदुर तथा मध्य पश्चिम क्षेत्रको मुटुमा रहेको कैलाशधाम बल्चौर क्षेत्रको विकास गरी चिसापनि, टीकापुर पार्क, बर्दगोरीया, घोडाघोडि ताल, गोदावरी, राजकाडा, टाईगरटप, बर्दिया राष्ट्रिय निकुञ्ज , दोधारा चादनि, खप्तड क्षेत्र बडिमालिका, रामारोशन लगाएतका धार्मिक तथा पर्यटकिय क्षेत्र संग कसरी जोडिन सकिन्छ ? आन्तरीक तथा बाहिय पर्यटकलाई कसरी प्रर्बद्धन गर्न सकिन्छ भनि कार्यक्रममा आज छलफल हुने महा सचिव देवानन्द न्यौपानेले जानकारी दिनु भएको छ ।