सीमानाकामा कडाइ गरेपछि इन्धन बोकेका एउटा पनि गाडी नेपाल भित्रिएन

सीमानाकामा कडाइ गरेपछि इन्धन बोकेका एउटा पनि गाडी नेपाल भित्रिएन

  • बुधबार, कार्तिक १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौ १८ कार्तिक ।  

भारतले सीमानाकामा पुनः कडाइ गरेपछि इन्धन बोकेका एउटा पनि गाडी नेपाल भित्रिन सकेका छैनन् ।

रुपन्देहीको बेलहिया र झापाको काँकडभिट्टा नाकाबाट अरु सामान बोकेका केही गाडी नेपाल भित्रिएपनि पेटोलियम पदार्थ बोकेका एउटा पनि गाडी नेपाल भित्रिन नसकेको भन्सार कार्यालयले जनाएका छन् ।

यस्तै नेपालगन्ज, वीरगंज र विराटनगर नाका पनि ठप्प छन् । उक्त नाका भएर एउटा पनि गाडी नेपाल भित्रिन सकेका छैनन् । भारतले असुरक्षाको कारण देखाउँदै मंगलबार दिउँसो ४ बजेदेखि नेपालगन्जको जमुनाह नाकाबाट मालवाहक गाडी नेपाल प्रवेशमा रोक लगाएको छ ।

सोमबार प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एक जनाको ज्यान गएपछि वीरगंजमा अनिश्चितकालिन कर्फ्यु लगाइएको छ । उता भारतमा भैरहेको चुनावको कारण देखाउँदै विराटनगरको जोगवनी नाका पनि मंगलबार बेलुकीदेखि बन्द गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ