मितेरी पुलमा धर्नामा बसेका मोर्चाका कार्यकर्तामाथि भारतीयद्धारा हातपात

मितेरी पुलमा धर्नामा बसेका मोर्चाका कार्यकर्तामाथि भारतीयद्धारा हातपात

  • बुधबार, कार्तिक १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौ १८ कार्तिक ।  

रक्सौल नाकास्थित मितेरी पुलमा धर्नामा बसेर नाकामा अवरोध गर्दै आएका मधेशी मोर्चाका कार्यकर्तालाई भारतीय नागरिकले हातपात गरेका छन् ।

हिजो साँझ करिब ४०–५० जनाको संख्यमा आएका भारतीय नागरिकले धर्नास्थल मितेरी पुलमै पुगेर मोर्चाका कार्यकर्तामाथि हातपात गरेको बताइएको छ ।

रक्सौलबाट लाठी र भाटा सहित आएका समुहले धर्नामा बसेका मोर्चाका नेता तथा कार्यकर्तालाई गाली गलौज गर्नुका साथै दुव्र्यवहार गरेको नेपाल सद्भावना पार्टीका केन्द्रिय सदस्य शिव पटेलले बताउनु भयो ।

मोर्चाको आन्दोलनका क्रममा सोमबार बिरगन्जमा भएको झडपमा प्रहरीको गोली लागेर भारतीय नागरिक आशीष कुमार रामको मृत्यु भएपछि आक्रोसित रक्सौल बासिन्दाले धर्ना स्थलमै पुगेर मोर्चाका कार्यकर्तामाथि हातपात गरेका हुन् ।

इमान्दारी पूर्वक आन्दोलनमा नलागेको भन्दै उनीहरुले मोर्चाका नेतालाई अब धर्नामा बस्न नदिने चेतावनी समेत दिएका छन् ।

यसैबीच मितेरी पुलमा धर्नामा बसेका मोर्चाका कार्यकर्ताका लागि भारतीय व्यापारीले सन्चालन गर्दै आएको निशुलक मेस पनि बन्द गरिएको छ ।

सोमबार बिरगन्जमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपका क्रममा भारतीय नागरिकको मृत्यु भएपछि झन्डै एक हजार आन्दोलनकारीले खाना खाँदै आएको मेस बनद गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ