काठमाडौ १८ कार्तिक ।
च्याम्पियन्स लिग फुटबल अन्तरगत गएराति सम्पन्न खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीद्धारा सेभिल्लालाई ३–१ ले पराजित गरेको छ ।
जीतसँगै स्पेनिस क्लब सिटीले अन्तिम १६ मा स्थान बनाएको छ । खेलको आठौं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए ।
११ औं मिनेटमा फर्नान्डिन्होले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । २५ औं मिनेटमा बेनोइट ट्रेमोलिनासले सेभिल्लाका लागि एक गोल फर्काएपछि खेल २–१ को अवस्थामा पुग्यो ।
सिटीका विल्फ्रेड बोन्नीले खेलको ३६ औं मिनेटमा गोल गर्दै अग्रता ३–१ मा र्पुयाए । त्यसपछि दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन नसकेपछि सिटी ३–१ ले विजयी भयो ।
चार खेलबाट ९ अंक जोडेको सिटी समुह डीको शीर्ष स्थानमा छ । चारखेलबाट तीन अंक मात्रै जोडेको सेभिल्ला तेस्रो स्थानमा छ । समुह डी अन्तर्गतकै खेलमा युभेन्टस बि एम ग्ल्याडबासँग १–१ बराबरीमा रोकिएको छ ।
चारखेलबाट ८ अंक जोडेको युभेन्टस समुहको दोस्रो स्थानमा छ भने ग्ल्याडबाच दुई अंकसहित पुछारमा छ ।