पशुपतिको आम्दानी दैनिकरुपमा सार्वजनिक हुने

पशुपतिको आम्दानी दैनिकरुपमा सार्वजनिक हुने

  • मङ्लबार, कार्तिक १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौँ, १७ कात्तिक । पशुपति क्षेत्र विकास कोषको दैनिक आम्दानी रकम सार्वजनिक हुने भएको छ ।

सुशासन, पारदर्शीताको क्षेत्रमा विगत १० वर्षदेखि क्रियाशील सञ्चारकर्मीको संस्था भरोसा नेपालको अग्रसरतामा कोषको रकम सञ्चारमाध्यमबाट सार्वजनिक गर्न लागिएको हो ।

आज पशुपति क्षेत्र विकास कोष र भरोसा नेपालबीच रकम सार्वजनिक गर्ने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा कोषका तर्फबाट नवनियुक्त सदस्यसचिव सरेश नेपाल र भरोसा नेपालका तर्फबाट अध्यक्ष शिव अधिकारीले हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुरुप कोषको आम्दानी भरोसा नेपालले दैनिकरुपमा न्यूज २४ टेलिभिजनमा सञ्चालन गरिरहेको दैनिक टेलिभिजन कार्यक्रम ‘डेभलपमेन्ट फोरम’मा सार्वजनिक हुनेछ ।

सम्झौतापछि कोषका सदस्यसचिव सरेश नेपालले पशुपतिमा चढाएको भेटी सार्वजनिक गर्ने कार्यको थालनीले जनतामा रहेका आशङ्का निवारण गर्न केही हदसम्म मद्दत पुग्ने विश्वास लिएको बताउनुभयो ।

भरोसा नेपालका अध्यक्ष अधिकारीले कोषको आम्दानी सार्वजनिक गर्दै कोषलाई थप उत्तरदायी र पारदर्शी बनाउने उद्देश्यका साथ सञ्चारमाध्यमबाट आम जनतालाई सुसूचित गर्नु आफ्नो दायित्व सम्झिएर निःशुल्करुपमा काम गर्नेगरी सम्झौता गरिएको जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ