सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति परिवर्तन गर्न आग्रह

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति परिवर्तन गर्न आग्रह

  • मङ्लबार, कार्तिक १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौँ, १७ कात्तिक । विभिन्न राष्ट्रिय खेलकुद सङ्घले पूर्वाञ्चलमा हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको घोषित मिति परिवर्तन गरी भारतमा हुने आसन्न १२औँ दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा जुट्नुपर्ने सुझाव राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई दिएको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा राखेपका सदस्य–सचिव केशवकुमार विष्टको उपस्थितिमा विभिन्न राष्ट्रिय खेल सङ्घका पदाधिकारीसँग भएको छलफलमा मुलुकको विभिन्न ठाउँमा जारी बन्द, हडताललगायत प्रतिकूल अवस्थाका कारण उक्त प्रतियोगिताको घोषित मितिलाई परिवर्तन गर्न अधिकांश पदाधिकारीले यस्तो सुझाव दिनुभएको हो ।

छलफलमा सातौँ राष्ट्रिय खेलकुद सागपछि आयोजना गर्नुपर्ने, सागको तयारीमा गम्भीर भएर जुट्नुपर्ने, खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाउने वा विदेशी प्रशिक्षकलाई नेपालमा झिकाउनु पर्नेलगायतका सुझाव दिनुभएको थियो ।

राखेप सदस्य–सचिव विष्टले एक÷दुई महिनापछि सारे पनि सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमै गर्नुपर्ने भनाइ व्यक्त गर्नुभयो । “एक÷दुई महिनापछि सारे पनि सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमै गर्नुपर्छ”, सदस्य–सचिव विष्टले भन्नुभयो ।

छलफलमा बक्सिङ, सुटिङ, पौडी, जुडो, भलिबल, ह्यान्डबल, बास्केटबल, फुटबल, लनटेनिस, हक्की, कुस्ती, आर्चरी, टेबलटेनिस, स्क्वास, भारोत्तोलन, ट्र्याथलन, ब्याडमिन्टन, खोखो, कबड्डी, एथलेटिक्स, उसुलगायतका सङ्घका अध्यक्षको उपस्थिति थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी