रसुवा बस दुर्घटनामा ३५ जना यात्रुको मृत्यु भएको पुष्टि, ४० जना घाईते, पन्ध्रको अवस्था चिन्ताजनक

रसुवा बस दुर्घटनामा ३५ जना यात्रुको मृत्यु भएको पुष्टि, ४० जना घाईते, पन्ध्रको अवस्था चिन्ताजनक

  • मङ्लबार, कार्तिक १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, १७ कार्तिक ।

पासाङल्हामु मार्गको त्रिशूली–धुन्चे सडकखण्डस्थित ग्राङमा मंगलवार यात्रुबस दुर्घटना हुँदा ३५ जना यात्रुको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

रसुवाको राम्चे गाविस–३ ग्राङस्थित कच्ची सडकबाट करिब ५ सय मिटर तल भिरमा खसेर भएको बस दुर्घटनामा १७ जना पुरुष, १२ जना महिला र एक नाबालकको ज्यान गएको हो ।

मृतकको अझै सनाखत हुन नसकेको राष्ट्रिय अनुसन्धान बिभाग रसुवाका अधिकृत अरुण कार्किले रेडियो मिर्मिरेलाई जानकारी दिनुभयो । काठमाडौंबाट यात्रु बोकेर नुवाकोटको विदुर हुँदै रसुवाको चिलिमेतर्फ गइरहेको ना३ख ५७०६ नम्वरको यात्रुबस दिउँसो एक बजे दुर्घटनामा परेको कार्किले जानकारी दिनुभयो ।

कच्ची सडकमा अगाडिको टायर भासिएर बस ५ सय मिटर तल भीरमा खसेर टुक्रा टुक्रा भएको छ । करिब एक सय जना भन्दा बढि यात्रु बोकेको बस दुर्घटनामा कम्तिमा ४० जना गम्भीर घाइते भएका छन् । १५ जनाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।

दुर्घटनास्थलमा भेटिएका २९ जनाको शव सशस्त्र प्रहरीले पोस्टमार्टमका लागि जिल्ला अस्पताल धुन्चे लगेको छ । दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि घाइतेहरुलाई नुवाकोट, काठमाडौं र धुन्चे लगिएको छ ।

घट्नास्थल सदरमुकाम धुन्चेबाट करीब २० किलोमिटरको दुरीमा पर्दछ । राम्चे सडकखण्ड खराब रहेकाले यात्रुहरु जोखीमपूर्ण यात्रा गर्न बाध्य छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ