काठमाडौं, १७ कार्तिक ।
रसुवामा यात्रु वाहक बस दुर्घटनामा परेको छ । काठमाडौबाट रसुवा जाँदै गरेको बा २ ख ५७०६ नम्बरको बस रसुवाको राम्चे गाविसको ग्राङ नजिकैको भीरबाट खसेको होे ।
दुर्घटनामा कम्तिमा पनि ३० जनाको ज्यान गएको प्रहरीले जनाएको छ । घाईते २० जनाको स्थानिय अस्पतालमा उपचार भईरहेको छ भने अझै दर्जनौ यात्रु घाइते छन ।
झण्डै १०० बढि जना यात्रु बोकेको बस भीरबाट झण्डै ४ सय मिटर तल खसेको राष्ट्रिय अनुसन्धान बिभाग रसुवाका अधिकृत अरुण कार्किले मिर्मिरेलाई बताउनुभयो ।
मृतकको सनाखत हुन सकेको छैन । घटनास्थलमा प्रहरी नेपाल प्रशरी, सशस्त्र र स्थानीयहरुले उद्धार कार्य जारी राखेका छन । घाइतेको संख्या धेरै रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।
साँगुरो अप्ठेरो बाटो भएको तथा बसमा धेरै यात्रू भएका कारण बस दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।