काठमाडौं, १७ कार्तिक ।
रसुवामा यात्रु वाहक बस दुर्घटनामा परेको छ ।
काठमाडौबाट रसुवा जाँदै गरेको बा २ ख ५७०६ नम्बरको बस रसुवाको राम्चे गाविसको ग्राङ नजिकैको भीरबाट खसेको छ ।
दुर्घटनामा कम्तिमा पनि १० जनाको ज्यान गएको प्रहरीले जनाएको छ । झण्डै ७० जना यात्रु बोकेको बस भीरबाट झण्डै ३ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनास्थलमा प्रहरी पुगिसकेको र उद्धारको काम भईरहेको रसुवा प्रहरीले जनाएको छ । घटना समबन्धि थप विवरण आउन बाँकी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline