तुलसीपुरमा भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एकजना घाईते

तुलसीपुरमा भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एकजना घाईते

  • मङ्लबार, कार्तिक १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, १७ कार्तिक ।

दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

दुर्घटनामा परी तुलसीपुर–४ शिवनगर निवासी ४५ वर्षे श्यामलाल बिकको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण प्रसाई जनकारि दिनुभयो ।

अत्याधिक मदिरा सेवन गरी मोटर साईकल चलाउँदा उक्त दुर्घटना भएको डिएसपी प्रसाइको भनाई छ ।

दुर्घटनामा परी गम्भीर घाईते भएका मोटरसाइकल चालक तुलसीपुर– ११ अस्वाराका २५ वर्षे अर्जुन विकको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

तुलसीपुर–५ दुरसञ्चार नजिक सल्यान तर्फ जान आफ्नो साईडमा रोकिराखेको लु १ ज १४१७ नम्वरको जीपमा बा ६ प ३०८२ नं. को पल्सर मोटर साइकल ठोक्किन पुग्दा उक्त दुर्घटना भएको प्रहरीको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ