कर्फ्यु उल्लंगन गर्न खोज्दा वीरगंजमा विहानै हवाइ फायर

कर्फ्यु उल्लंगन गर्न खोज्दा वीरगंजमा विहानै हवाइ फायर

  • मङ्लबार, कार्तिक १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, १७ कार्तिक ।

वीरगंजमा स्थानीय प्रशासनले लगाएको कफ्र्यु उलंघन गरेर प्रर्दशन गर्न खोज्दा प्रहरीले ३ राउण्ड हवाइ फायर गरेको छ ।

आज विहान ब्रह्म चौकमा मोर्चाका कार्यकर्ताहरुले प्रर्दशन सुरु गरेपछि प्रहरीले ३ राउण्ड हवाइ फायर गरेको हो । हवाइ फायर पछि आन्दोलनकारी तितर वितर भएका छन्।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र प्रहरीबीच हिजो नाका खुलाएको विषयलाई लिएर भएको झडपमा प्रहरीले चलाएको गोली लागेर भारत रक्सौलका २० वर्षीय आषिस रामको ज्यान गएपछि स्थानीय प्रशासनले हिजो अपराह्न ३ बजेदेखि अर्को आदेश नहुन्जेल सम्म लगाएको कर्फ्यु जारी गरेको छ ।

मितेरी पुलमा मोर्चाका कार्यकर्ताले विगत चालिस दिनदेखि नाका ठप्प पार्दै जारी धर्नामा प्रहरीले हिजो विहानै हस्तक्षेप गरी नाका सुचारु गरेको थियो ।

त्यसैकोे विरोधमा मोर्चाका कार्यकर्ताले प्रहरी कार्यालयमा आक्रमणको प्रयास गरेपछि भएको झडपमा १० सुरक्षाकर्मी सहित दुईदर्जन आन्दोलनकारी घाइते भएका थिए ।

झडपले उग्ररुप लिएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाउनु परेको पर्साका प्रमुख जिल्ला अधिकारी केशव राज घिमिरेले जानकारि दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ