नेपाली क्रिकेट टोली आज युएई जादै

नेपाली क्रिकेट टोली आज युएई जादै

  • मङ्लबार, कार्तिक १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाण्डौ,१७ कात्तिक ।

नेपाली राष्ट्रिय क्रिकेट टोली आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पपुवा न्यूगिनीविरुद्धको खेल खेल्न आज युएई जाँदैछ । नेपालले च्याम्पियनसिपमा पपुवा न्युगिनीसँगको २ एकदिवसीय खेलसँगै युएईमा अन्य खेल पनि खेल्ने क्यानले जनाएको छ ।

पारस खड्काको कप्तानीमा जाने टोलीमा ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, बसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, अनिल मण्डल र महबुब आलाम लगायत खेलाडी छन् ।

नयाँ अनुहारको रुपमा इर्शाद अहमद र विक्रम सोब टोलीमा परेका छन् । यसअघि स्कटल्याण्ड विरुद्धको दुईवटै खेल गुमाएको नेपाल यसपटक भने विजयी हुने लक्ष्यका साथ युएई प्रस्थान गर्न लागेको हो ।

नेपालमा आयोजना हुने भनिएका यी दुई खेल नेपाल क्रिकेट संघ क्यानको उदासिनता र अस्तव्यस्त प्रशासनका कारण युएईमा सारिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी