काठमाडौ १७ कार्तिक ।
काठमाडौ उपत्यकाका ८ सय डिपोबाट आज आधा सिलिन्डर ग्यास वितरण हुने भएको छ ।
सर्वसाधरणको सहजताका लागि वाणिज्य विभागले प्रमाणीकरण गरेका र कम्पनीका आधिकारिक डिपोबाट आज ग्यास वितरण गर्न लागिएको हो ।
सरकारले प्रभावकारी सुरक्षा व्यवस्था मिलाएर डिपोमा ग्यास पुर्याउने प्रतिवद्धता जनाएपछि ग्यास विक्रेताहरु ग्यास वितरण गर्न तयार रहेको संघका महासचिव चन्द्र थापाले बताउनु भयो ।
वाणिज्य मन्त्रालय, आयल निगम र ग्यास विक्रेता संघबीच हिजो भएको बैठकमा आधा सिलिन्डर ग्यास नजिकैको डिपोबाट वितरण गर्ने सहमति भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline