काठमाडौ १७ कार्तिक ।
इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा एस्टन भिल्लालाई ३–१ ले पराजित गर्दै टोटनह्याम विजयी भएको छ ।
खेलको तेस्रो मिनेटमै टोटनह्यामका लागि म्युसा ड्याम्बल गोल गर्दै सुरुवाती अग्रता दिलाए । ४५ औं मिनेटमा डेल अलाईले अग्रता दोब्बर पारे । एस्टन भिल्लाका लागि जोर्डन आयुले ७९ औं मिनेटमा एक गोल फर्काए ।
यस्तै ह्यारी केनले ९० औं मिनेटमा गोल गरेपछि टोटनह्याम ३–१ ले विजयी भयो । एस्टन भिल्लाको यो सिजन लिगमा लगातार सातौं हार हो ।
अंक तालिकाको पुछारमा रहेको एस्टन भिल्लाले ११ खेलबाट मात्रै चार अंक जोडेको छ । एस्टन भिल्ला हालसम्म भएका ११ खेल मध्ये ९ खेलमा पराजित भएको छ भने एकमा बराबरी र एकमा जित निकालेको छ ।
यता एस्टन भिल्लालाई हराएको टोटनह्याम भने पाँचौं स्थानमा उक्लिएको छ । टोटनह्यामको ११ खेलबाट २० अंक भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline