काँग्रेसकै उच्च तहका नेताहरुकै कारण काँग्रेसले राष्ट्रपतिको पद गुमाए : प्रवक्ता शर्मा

काँग्रेसकै उच्च तहका नेताहरुकै कारण काँग्रेसले राष्ट्रपतिको पद गुमाए : प्रवक्ता शर्मा

  • सोमवार, कार्तिक १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

भक्तपुर, कार्तिक १६ गते । एकिकृत माओवादीका प्रवक्ता दिनानाथ शर्माले काँग्रेसकै उच्च तहका नेताहरुकै कारण काँग्रेसले राष्ट्रपतिको पद गुमाएको बताउनु भएको छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा शर्माले कृष्ण सिटौलाको नाममा भएको सहमतीलाई काँग्रेसका नेता शेरबहादुर देउवा र रामचन्द्र पौड्लले लिखित सहमती गर्न नमाने पछि राजनीतिक सहमतीको अन्त्यसँगै राष्ट्रपतिको पद गुमाएको बताउनु भयो । उहाँले काँग्रेसलाई अहिले पनि समेटेर सहमतीको राजनीतिलाई निरन्तरता दिनु पर्नेमा जोड दिनु भयो ।
शर्माले भारतले लगाएको अघोषित नाकाबन्दीले भारत असल छिमेकी नभएको नयाँ पुस्ताले जानकारी पाएको बताउनु भएको छ । विगतमा भारतको नाकाबन्दी झेलेका पुस्ताले भारतले नेपाललाई जतीबेला पनि दुःख दिने छिमेकी भएको जानकार भएता पनि २०४६ साल पछिको पुस्ताले भारत असल छिमेकी नभएको जानकारी पाउन सकेको थिएन र यो नाकाबन्दीले भारत कुटिल छिमेकी भएको नयाँ पुस्ताले समेत जानकारी पाएको बताउनु भएको हो ।
नाकाबन्दीले नेपालीको जीवन अस्तब्यस्त बनेता पनि यो नाकाबन्दीले अन्य देशसँगको सहकार्यता गरि अन्तर सम्बन्ध बृद्धि र आयत निर्यातको बाटो खुलेको उहाँले बताउनु भयो । उहाँले भन्नु भयो ईन्धनको समस्या समाधानको बैकल्पिक उपायको खोजीमा चीनले अनुदानको इन्धन उपलब्ध गराएता पनि न्यूनतमा तीन वर्षका लागि अर्को सहमती हुने र यसले इन्धनको अभावमा सहजता आउने छ । चीन तर्फका सम्भव भएका सबै नाका खोल्न सरकार लागे यसले अझै आयत निर्यातमा सहजा आउने भएता पनि नेपालले भारतसँग सम्बन्धलाई सुधार गर्दै पैसो तिरेर समान खरिद गर्ने वातावरण मिलाउनु पर्नेमा उहाँले जोड दिनु भयो ।
तराई अन्दोलनका जायज माग पुरा गर्नु पर्नेमा एमाओबादी पहिले देखिनै उभिएको र संविधान संशोधन गर्दैै थारु र तराईका जायज मागको सम्बोधन गरिने उहाँको टिप्पणी थियो ।
शर्माले हाल सरकारमा गएका मन्त्रीहरुलाई आफ्नो पार्टीले जारी गरेको आचारसंहिताको पालन नगरे जतिखेर पनि मन्त्रीबाट फिर्ता बोलाउने बताउनु भएको छ ।
नेपालमा कम्युनिष्टहरुको एकता विषय उठान तत्कालै सम्भव नभएको र कुनै छलफल नभएको र कालान्तरमा एकता हुने सम्भावनलाई अस्विकार गर्न नसकिने उहाँको भनाई थियो ।
बाबुराम भट्टराईले पार्टी परित्याग गरि सामान्य नागरिक रुपमा रहेको भनाई भएता पनि नयाँ शक्तिको निमार्णमा लागेको नयाँ शैली हुन सक्ने उहाँले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ