आन्दोलनरत मधेसी मार्चाद्द्धारा प्रहरीमाथि पेट्रोल बम प्रहार तथा इप्रका लङ्गरीमा आगजनी

आन्दोलनरत मधेसी मार्चाद्द्धारा प्रहरीमाथि पेट्रोल बम प्रहार तथा इप्रका लङ्गरीमा आगजनी

  • सोमवार, कार्तिक १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, १६ कार्तिक ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले पर्साको इलाका प्रहरी कार्यालय लङ्गरीमा आगजनी गरेका छन्।

प्रहरीले बल प्रयोग गरेर वीरगन्ज नाका खुलाएको आक्रोसमा उनीहरुले प्रहरी चौकीमा आगजनी गरेका हुन् ।

आगजनीपछि त्यहाँ कार्यरत प्रहरीहरुलाई इलाका प्रहरी कार्यलय पोखारियामा सारिएको पर्साका प्रहरी प्रमुख एसपी राजुबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरी कार्यालयमा कोही नभएको अवस्थामा आन्दोलनकारीले आगजनी गरेका थिए । आगजनीबाट भवमा क्षति पुगेको बताइएको छ ।

त्यस्तै मोर्चाका कार्यकर्ताहरुले नाका पुनः बन्द गराएपनि वीरगन्जका विभिन्न स्थानमा आन्दोलनकारीले प्रदर्शन जारी राखेका छन् । आन्दोलनकारीले वीरगन्जको घन्टाघरस्थित प्रहरी बिटमा तोडफोड गरेका छन् ।

प्रहरीले बसपर्कमा हस्तेक्षप गर्दै अश्रुग्यास र रबरको गोली प्रहार गरेपछि आन्दोनकारीले पनि प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका छन् ।

बम प्रहारबाट कुनै मानवीय क्षति नभए पनि झडपमा क्रममा ८ जना प्रहरी घाइते भएकोएसपी श्रेष्ठले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ