काठमाडौं, १६ कार्तिक ।
पार्टीबाट सरकारमा पठाउने मन्त्रीहरुको बारेमा टुंगो लगाउन एमाले स्थाई समितिको बैठक बस्दै छ ।
मन्त्री छान्न अध्यक्ष केपी ओलीले शिर्ष तहका नेताहरुसंग मात्र छलफल थालेपछि दोस्रो तहका नेताहरुले स्थाई समिति मार्फत नै टुंगो लगाउन दवाव दिएका थिए ।
बैठक एमाले पार्टी कार्यालय धुम्बाराहिमा दिउसो बस्ने एमाले सचिव योगेश भट्टराईले जानकारि दिनुभयो ।
मन्त्री बनाउदा पार्टीमा हुनेहरुको योगदान, भुगोल, समावेशिता, स्वच्छ छविलाई प्राथमिकतामा राख्न पनि नेताहरुले अध्यक्षलाई दवाव दिएका छन ।
आफ्नो भागमा परेका १० मध्ये एमालेले ३ ओटा मन्त्रालयमा मात्रै मन्त्री पठाएको छ । एमालेबाट अग्नी खरेल, सोम प्रसाद पाण्डेय र सत्य नारायण मण्डल यसअघि नै सरकारमा सहभागि भैसकेका छन ।
आकांक्षी धेरै भएपछि मनत्रीको टुंगो लगाउन प्रधानमन्त्री एवम एमाले अध्यक्ष ओलीलाई धौ धौ भएको छ ।