काठमाडौं, १६ कार्तिक ।
रोल्पामा एक जनाले हसिया प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
जिल्लाको अरेश–६ का ५८ वर्षीय टकबहादुर रोकाले आफ्नै ५१ वर्षीय श्रीमती रमी रोकाको टाउको हसिया प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गरी घरमा आएका रोकाले सामान्य घरायसी झगडाका कारण धारिलो हसियाले श्रीमतीको टाउकोमा प्रहार गरीे हत्या गरेका हुन ।
घटना बारे उनकै छोरा पुरन रोकाले इलाका प्रहरी कार्यालय सुलिचौरमा जानकारी दिएपछि प्रहरीले रोकालाई घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शेखरजङ्ग मल्लले जानकारी दिनुभयो ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline