काठमाडौ १६ कार्तिक ।
नेपाल भारत सीमा नाका अन्तरगत पुर्वी नाका जोगवनीमा भारतीय सुरक्षाकर्मीले आज बिहानबाट चारपांग्रे सवारी साधान सन्चालनमा रोक लगाएको छ ।
सिमा नाकाभन्दा १५ किलोमिटर दक्षिण फारविसगञ्जमा चुनावी सभालाई सम्बोधन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भएपछि सिमामा उच्च सर्तकता बढाएको भारतीय सुरक्षाकर्मीले जनाएका छन् ।
आज बिहानैबाट जोगवनी नाका भएर चारपाग्रे सवारी साधन आवत जावत गर्न दिइएको छैन् । सर्वसाधारण र मोटरसाइकल आउजाउमा रोक नलगाएपनि चेकजाँचमा भने कडाई गरिएको छ ।
बिहार विधानसभाको निर्वाचन अन्तरगत आज भारतीय प्रधानमन्त्री मोदी साढे ११ बजे सिमा क्षेत्र नजिकैको फारविसगञ्ज बजारमा भारतीय जनता पार्टीद्वारा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
भारतीय प्रधानमन्त्री मोदीको सीमा नजिकै हुने भ्रमणलाई लक्षित गरि भारतीय सुरक्षाकर्मीको आग्रहमा सिमा क्षेत्रमा नेपाली सुरक्षाकर्मी पनि सर्तक अवस्थामा रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी प्रमोद खरेलले बताउनुभयो ।