राष्ट्रिय दैनिक तथा साप्ताहिक पत्रिका नआएपछि पाठकलाई समस्या

राष्ट्रिय दैनिक तथा साप्ताहिक पत्रिका नआएपछि पाठकलाई समस्या

  • सोमवार, कार्तिक १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाण्डौ,१६ कात्तिक ।

मधेसी मोर्चाको लगातार बन्दका कारण काठमाडाँैबाट प्रकाशित हुने राष्ट्रिय दैनिक पत्रपत्रिकाहरु सप्तरी जिल्लामा आउन बन्द भएको छ । पत्रिका आउन बन्द भएपछि सर्वसाधारण सूचनाको अधिकारबाट वञ्चित भएका छन् ।

आन्दोलनरत मधेसी मोर्चाको दुइ महिना भन्दा बढी समयको बन्दले काठमाडौँ र विराटनगरबाट प्रकाशित हुने गोरखापत्र दैनिक, कान्तिपुर, नागरिक, अन्नपूर्णपोष्ट, कारोबार दैनिक, राजधानी दैनिक, द राइजिङ नेपाल, काठमाडौँ पोष्ट, नयाँ पत्रिका, जनआस्था साप्ताहिक, साँघु साप्ताहिक, घटना र विचार साप्ताहिकलगायतका दर्जनौँ दैनिक तथा साप्ताहिक पत्रपत्रिका सप्तरी सदरमुकाम राजविराजलगायत जिल्लाको विभिन्न ठाउँमा आउन छाडेको छ ।

सप्तरीमा आन्दोलनका कारण यातायात नचलेको, पेट्रोलियम पदार्थको अभाव र असुरक्षाका कारणले पत्रपत्रिका आउन नसकेको पत्रपत्रिकाका व्यवसायी बताउँछन् ।

राजविराजस्थित पिपुल पुस्तकका सञ्चालक सञ्जीव यादवका अनुसार राष्ट्रिय दैनिक तथा साप्ताहिक पत्रपत्रिकाका नियमित ग्राहक तथा पाठक पत्रिका पढ्न र खरिद गर्न आउने र पत्रिका नआउँदा रित्तो हात फर्किने गरेका छन् ।

बिहानै उठेर पत्रपत्रिका पढ्ने बानी भएका राजविराज– ४ का ५० वर्षीय रामकुमार साहले पनि राष्ट्रिय दैनिक तथा राष्ट्रिय साप्ताहिक पत्रिका विगत अढाइ महिनादेखि पढ्न नपाएको गुनासो गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ