काठमाडौं, १६ कात्तिक ।
नेपाल क्रिकेट संघ क्यानको चुनाव रोक्न राष्ट्रिय खेलकुद परिषद् राखेपले निर्देशन दिएको छ । असारको पहिलो साता काठमाडौंमा भएको साधारणसभाले भैरहवाका कात्र्तिक २० र २१ गते विधान संसोधन एवम् नेतृत्व चयनका लागि साधारणसभा गर्ने निर्णय गरेको थियो ।
क्यानले कात्तिक ११ गते निर्वाचनको लागि स्विकृती माग्दै खेलकुद परिषद्लाई पत्र पठाएको थियो । राखेपले हिजो पत्र पठाएर चुवान रोक्न निर्देशन दिएको हो ।
क्यानले निर्वाचनको लागि विधानले व्यवस्था गरे अनुसारको प्रक्रिया नर्पुयाएकाले निर्वाचन रोक्न निर्देशन दिनुपरेको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिब केशब बिष्टले जानकारी दिनुभयो । परिषद्ले निर्वाचन रोक्नुपर्ने विभिन्न ५ कारणहरु पेश गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline