काठमाण्डौ,१६ कात्तिक ।
मुगुमा रहेका अधिकांश सरकारी कार्यालयका प्रमुखहरु दसैँ बिदा पछि पनि कार्यस्थलमा नफर्कंदा सेवाग्राहीले समयमा नै सेवा लिन नपाएको बताएका छन ।
दसैँ बिदा गत ७ गतेबाट सकिए पनि जिल्ला वन कार्यालय, पशुसेवा कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, सिँचाइ डिभिजन कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, महिला तथा बालबालिका कार्यालयका प्रमुखहरु फर्किएका छैनन ।
यस्तै हुलाक कार्यालय, नापी कार्यालय, जिल्ला कारागार कार्यालय, जिल्ला विकास समिति कार्यालय, जिल्ला प्राविधिक कार्यालय, जिल्ला आर्युवेद कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, शान्ति समिति, गमगाढ वितरण केन्द्र, कोष तथा लेखा नियन्त्रण कार्यालय र जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुखहरु पनि नआएको बताइएको छ ।
कार्यालयमा सेवाग्राही आउने क्रम सुरु हुन थाले पनि कार्यालयमा कार्यालय सहायकमात्र भएकाले सेवाबिनै सेवाग्राही घर फर्कनुपर्ने बाध्यता रहेको छ ।