कार्तिक १५ धुञ्चे ।
भारतले अघोषित रुपमा लगाएको नाकाबन्दी पछि चीन सरकारले नेपाललाई दिएको १३ लाख लिटर पेट्रोल मध्य पहिलो खेप १२ टैंकर तेल सोमबार काठमाण्डौं आईपुग्ने भएको छ ।
नेपाल आयल निगमका प्रवक्ता दिपक बरालका अनुसार ३ टैंकर तेल आज बिहानै रसुवामा आएका छन् भने बाकी ९ वटा पनि आजै साझ आएका छन् ।
ती सबै टैंकरहरुको भन्सार प्रकृया पुरा भए पछि सोमबार तेल रसुवाबाट काठमाण्डौ ल्याईने छ ।
यसै गरी थप ४ वटा टैंकर धुञ्चेबाट केरुङका लागि रसुवातर्फ अघि बढेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline