कार्तिक १५, काठमाडौं ।
चीनबाट अनुदानको तेल लिएर आएका ३ वटा ट्यांकर झण्डै २४ घण्टादेखि रसुवागढी भन्सारमा रोकिएको छ ।
नेपाल आयल निगमले तेलको भन्सार रकम तिर्न ढिलाइ गरेका कारण दिनभर ट्यांकर रोकेको हो ।
आयल निगमले अहिले प्रक्रिया पुरा गरेर धरौटी रकम भन्सारको खातामा जम्मा गरेको छ । र, अब ट्याकंर छुट्ने बताइएको छ । किनेर ल्याएको तेलमा मात्र भन्सार लाग्ने भन्दै राजश्व रकम नलगिएको निगमका अधिकारी बताउँछन् ।
तीनवटा ट्यांकरले केरुङबाट २७ हजार लिटर पेट्रोल ल्याएका छन् । बेलुकीसम्म पनि भन्सार पास नभए आज ट्याकंरलाई काठमाडौं जान रोकिने रुसुवाका प्रहरी नायब उपरीक्षक अवदेश बिष्टले जानकारी दिए ।
‘बाटोको अवस्था खराब हुदा राति ट्यांकरलाई ल्याउन नसकिने भएकाले भोली मात्रै काठमाडों बिष्टको भनाई छ । त्यसकारण चीनबाट अनुदानको तेल बोकेका ट्याकंर भोलि मात्रै काठमाडौं आइपुग्ने छन् ।
यसैबीच चीनले अनुदानमा दिएको पेट्रोल ढुवानी गर्नका लागि आज रसुवागढीबाट ९ वटा ट्यांकर केरुङ गएका छन् ।
रसुवागढी पुगेका १२ वटा ट्यांकर मध्ये हिजो बेलुका ३ वटा ट्यांकरले चीनको केरुङबाट इन्धन भरेर नेपाल आएको थियो ।
आज बिहान रसुवागढीबाट थप ९ वटा ट्यांकर केरुङ गए्को नेपाल आयल निगमका प्रवक्ता दिपक बरालले जानकारी दिनुभयो ।
केरुङ प्रवेश गरेका ९ वटा ट्यांकर आइतबार बेलुका नेपाल भित्रने रसुवाका प्रहरी नायव उपरिक्षक अबदेश विष्टले जानकारी दिनुभयो ।