काँग्रेसको तेहौँ महाधिवेशनका लागि समिति गठनको प्रस्ताव

काँग्रेसको तेहौँ महाधिवेशनका लागि समिति गठनको प्रस्ताव

  • आइतवार, कार्तिक १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौँ, १५ कात्तिक ।

नेपाली काँग्रेसको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टी महाधिवेशनमा केन्द्रित रहेर छलफल गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले फागुनमा हुने १३औँ महाधिवेशनको तयारीका लागि विभिन्न समिति गठन गर्ने बारेमा छलफल गरेको केन्द्रीय सदस्य गोविन्द भट्टराईले बताउनुभयो ।

पार्टीका शीर्ष नेताहरु उपराष्ट्रपतिको शपथ कार्यक्रममा जानुपर्ने भएकाले भोली बिहान ८ बज बस्ने गरि बैठक स्थगित गरिएको छ ।

महाधिवेशन तयारीका लागि काँग्रेसले सभापति सुशील कोइरालाको संयोजकत्वका मूल समारोह, उपसभापति रामचन्द्र पौडेलको संयोजकत्वमा नीति तथा कार्यक्रम, आनन्दप्रसाद ढुङ्गानाको संयोजकत्वमा विधान, बलबहादुर केसीको संयोजकत्वमा आवास तथा व्यवस्थापन, डा मीनेन्द्र रिजालको संयोजकत्वमा प्रचार, भीमसेनदास प्रधानको संयोजकत्वमा खाद्य तथा व्यवस्थापन र नारायण कोइरालाको संयोजकत्वमा स्वयम्सेवक परिचालन समिति गठनका लागि प्रस्ताव गरिएको बताइएको छ ।

नेपाली काँग्रेसको तेहौँ महाधिवेशन आगामी फागुन २० देखि २३ गतेसम्म हुँदैछ । संविधान जारी भएपछि राज्यका प्रमुख पदमा काँग्रेसले दिएको उम्मेदवारी र अघोषित नाकाबन्दीको विषयमा पनि छलफल हुने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ