निर्बाध रुपमा तेल आउँछ: मास्के , नौ टयांकर केरुङ प्रस्थान

निर्बाध रुपमा तेल आउँछ: मास्के , नौ टयांकर केरुङ प्रस्थान

  • आइतवार, कार्तिक १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

धुन्चे (रसुवा), १५ कात्तिक । चीनका लागि नेपाली राजदूत महेश मास्केले अबका दिनमा चीनबाट निर्बाध रुपमा पेट्रोलियम पदार्थ नेपाल भित्रने बताउनु भएको छ  ।

चीनको राजधानी बेइजिङबाट शनिबार साँझ रसुवागढी नाका आउनुभएका राजदूत मास्केले आज बिहान रासससँग कुराकानी गर्दै रसुवागढी नाकाबाट तेल ल्याउन सडक उपयुक्त भएकाले तुरुन्त सडक सुधार र स्तरोन्नति गर्न आफूले काठमाडौँ पुग्नासाथ सरकारसामु सुझाव राख्ने जानकार दिनुभयो ।

उहाँका साथ रहनुभएका परराष्ट्र मन्त्रालय उत्तरपूर्व महाशाखा हेर्ने सहसचिव झवीन्द्रप्रसाद अर्यालले साँघुरो बाटो फराकिलो पार्न आवश्यक भएकाले सडक कार्यालय सक्रिय रहनुपर्छ भन्दै अबका दिनमा पाइप लाइनद्वारा तेल ल्याउन नुवाकोटको सदरमुकाम विदुरसम्म सजिलो भएकाले दीर्घकालीन नीति तर्जुमा गर्न सुझाव पेस गरिने जानकारी दिनुभयो ।

रसुवाका प्रजिअ शिवराम गेलाल, स्थानीय विकास अधिकारी विष्णुप्रसाद कोइरालाका साथै प्रहरी प्रमुख अवदेश विष्टसँग सडकको अवस्था बारेमा राजदूत मास्के र सहसचिव अर्यालले जानकारी लिनुभएको थियो ।सो अवसरमा सडक व्यवस्थित गर्न तीव्र रुपले काम अगाडि बढाउनका लागि बजेट र अधिकार यथेष्ट रुपमा उपलब्ध हुन जरुरी रहेको स्थाविअ कोइरालाले बताउनुभयो ।

यस्तै रसुवागढी नाकाबाट पेट्रोलियम पदार्थ नेपाल भित्रन थालेपछि जिल्लावासीमाझ उत्साह बढेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो ।

यसैबीच केरुङमा नेपालका तीन ट्यांकर इन्धन भरी रसुवागढी भन्सार टिमुरेमा आइसकेको र नौ ट्यांकर आज केरुङ प्रस्थान गरेको प्रहरी प्रमुख विष्टले जानकारी गराउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ