काठमाडौ १५ कार्तिक ।
चीन सरकारले अनुदान स्वरुप नेपाललाई दिएको पेट्रोलियम पदार्थमध्ये केही परिमाण आज काठमाडौ आइपुग्ने भएको छ ।
पहिलो चरणमा अनुदानको तेल लिन १२ वटा ट्या्कर रसुवागढी पुगेकोमा तीनवटा ट्याङ्कर आज बिहान काठमाडौ आइपुग्ने निगमले जनाएको छ । २७ हजार लिटर पेट्रोलियम पदार्थ बोकेको उक्त ट्या्कर हिजो नै टिमुरे आइपुगेका थिए ।
बाँकी नौवटा ट्याङ्कर भने तेल भर्नका लागि आज बिहान केरुङ तर्फ गएको प्रहरी नायब उपरीक्षक अवदेश विष्टले जानकारी दिनुभयो ।
पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करको सुरक्षार्थ ठाउँठाउँमा प्रहरी गस्ती परिचालन गरी आवश्यक सुरक्षाको व्यवस्था मिलाइएको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline