बैतडीमा दरबन्दीअनुुसार गाविस सचिव नहुँदा समस्या

बैतडीमा दरबन्दीअनुुसार गाविस सचिव नहुँदा समस्या

  • शनिबार, कार्तिक १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

बैतडी, १४ कात्तिक ।

जिल्ला विकास समिति बैतडीले दरबन्दीअनुुसार गाविस सचिवहरु नहुँदा सेवा प्रवाह गर्न समस्या भएकोे जनाएको छ ।

जिल्लामा रहेका ५६ वटा गाविसमध्ये अहिले ३७ गाविसमा मात्र सचिव कार्यरत रहेको स्थानीय विकास अधिकारी खेमराज विष्टले जानकारी दिनुभयो ।

जिल्लामा नायब सुब्बास्तरको २६ जनाको दरबन्दी रहेको छ भने ३० जना खरिदारस्तरको दरबन्दी रहेको छ । अहिले जिल्लामा १३ जना नायब सुब्बा र छ जना खरिदारस्तरको सचिवको दरबन्दी रिक्त रहेको बताइएको छ ।

गाविसमा गाविस सचिवहरुको दरबन्दी रिक्त हुँदा गाविसले सम्पादन गर्ने कार्यमा समस्या भइरहेको छ । रिक्त दरबन्दी परिपूर्तिका लागि लोकसेवा आयोगमा जानकारी गराइसकेको समेत स्थानीय विकास अधिकारी विष्टले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ