काठमाडमौं, १३ कार्तिक ।
जोगबनी नाकाबाट आज अपराह्न सम्मकै सर्वा्धिक इन्धनका ट्यांकर भित्रिएका छन ।
नाकाबन्दी अगाडिका सामान्य अवस्थामा पनि दैनिक सरदर ४० ट्यांकर भित्रिने गरेको यो नाकावाट आज ४ बजेसम्म १ सय २५ ट्यांकर भित्रिएको विराटनगर भन्सारले जनाएको छ ।
विराटनगर भन्सार प्रमुख कृष्णवहादुर वस्नेतका अनुसार आज चारबजे सम्ममा डिजलका ९२, पेट्रोलका २७ ट्यांकर र खाना पकाउने एलपी ग्यासका ४ बुलेट भित्रिएका छन ।
गएराति त्यहाँवाट ५३ ट्यांकर पेट्रोलियम भित्रिएको थियो । भन्सार जाँचपास भइसकेका थप २० टयांकर राति १० बजेसम्ममा भित्रीने बताइएको छ ।
त्यसैगरी पूर्वी नाका काँकरभिट्टावाट आज २ ट्यांकर इन्धन भित्रिएको मेची भन्सारले जनाएको छ । भन्सार प्रमुख भीमप्रसाद अधिकारीका अनुसार ४ ट्यांकर भित्रिने तयारीमा छन भने कैलालीको धनगढीस्थित त्रिनगर भन्सार नाकाबाट आज १४ इन्धनका ट्यांकर भित्रिएका छन् ।
कैलाली भन्सार कार्यालयका अधिकृत नरेश आर्चायले १३ वटा डिजलका र एउटा पेट्रोल ट्यांकर दिउसो आएको बताउनुभयो । उहाले ३० बढी मालबाहक गाडी भित्रिएको पनि जानकारि दिनुभयो ।