संविधानको कार्यान्वयन र राष्ट्रलाई एकताबद्ध गर्न उपराष्ट्रपतिमा उम्मेदवारि :पासाङ

संविधानको कार्यान्वयन र राष्ट्रलाई एकताबद्ध गर्न उपराष्ट्रपतिमा उम्मेदवारि :पासाङ

  • शुक्रबार, कार्तिक १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, १३ कार्तिक ।

सत्ता साझेदार दलको साझा उम्मेदवारको रुपमा उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएका एकीकृत नेकपा माओवादीका नेता नन्दकिशोर पुन पासाङले आफू नै विजयी हुने दाबी गर्नुभएको छ ।

पूर्व जनमुक्ति सेनाका कमाण्डरसमेत रहनुभएका पासाङले सबै दलहरुको समर्थन पाउने विश्वाससमेत व्यक्त गनुर््भयोे ।

संसद भवनमा उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पासाङले नयाँ संविधानको कार्यान्वयन, पालना, संरक्षणका साथै राष्ट्रलाई एकताबद्ध गर्न आवश्यक देखेर आफूले उपराष्ट्रपति पदमा उम्मेदवारी दिएको बताउनुभयो ।

आफूलाई उपराष्ट्रपति पदको उम्मेदवार सिफारिस गर्न दवाव दिएर पार्टीलाई अप्ठेरोमा पारेको भन्ने सञ्चारकर्मीको प्रश्नको खण्डन गर्दै उहाले पार्टीमा आफुले कुनै बाध्यतात्मक अवस्था सिर्जना नगरेको र पार्टीले एकमतले निर्णय गरेर आफुलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको स्पष्ट पार्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ