काठमाण्डौ,१३ कात्तिक ।
चितवनमा ट्रकको ठक्करबाट एक जनाको मुत्यु भएको छ।
नारायणगढबाट चितवनतर्फ जाँदै गरेको अनटेस्ट लेखेको जिपलाई ना.३ ख ९४ १९ नंको ट्रकले ज्यामिरेमा ठक्कर दिँदा सो जिपमा सवार एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
सनाखत हुन नसकेको शवलाई हेटौँडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सोही ट्रकको ठक्करबाट गम्भीर घाइते अर्का एक जनाको चितवन शिक्षण अस्पताल भरतपुर उपचार भइरहेको छ ।
सो ठक्कर दिने ट्रक र सोही ट्रकका चालक सर्लाही जिल्ला लालबन्दी गाविस–५ बस्ने ३४ वर्षीय राम थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline