काठमाडौ १३ कार्तिक ।
व्यवस्थापिका संसदमा आजबाट उपराष्टपति चयन प्रक्रिया सुरु भएको ।
राष्ट्रपति चयन प्रक्रिया सकिए लगत्तै आजबाट मुलुकको दोस्रो उपराष्ट्रपति चयनका लागि प्रक्रिया सुरु भएको हो ।
यसैबीच भोलि हुने उपराष्ट्रपतिको चुनावका लागि कांग्रेसका अमियकुमार यादवले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
उहाँको प्रस्तावमा कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ र समर्थकमा कांग्रेसकै सभासद ईश्वरी न्यौपाने रहनुभएको छ ।
व्यवस्थापिका–संसद् सचिवालयका अनुसार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ ।
२ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी विरोध, साढे २ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने र ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।
भोलि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म संसद् भवन नयाँ बानेश्वरमा मतदान गरिनेछ ।
भोलि बेलुकी ५ बजे बस्ने व्यवस्थापिका–संसद्को बैठकमा सभामुखबाट उपराष्ट्रपतिको मत परिणामसँगै निर्वा्चित भएको घोषणा हुनेछ ।
राष्ट्रको दोस्रो उच्च मर्यादाक्रममा रहेको उपराष्ट्रपतिको निर्वाचनसँगै महत्वपूर्ण पदमा निर्वाचनको क्रम सम्पन्न हुनेछ ।