काठमाडौं, १३ कार्तिक ।
चीन सरकारले नेपाललाई दिने भनिएको अनुदानको तेल लिन आज नेपालस्थिति चिनियाँ दूताबासका अधिकारी सहित नेपाल आयल निगमका अधिकारी सम्मिलित टोली तिब्बतको केरुङ नाकामा जादैछन् ।
निगमका प्रवक्ता दीपक बराल सहितका अघिकारी तेल ढुवानी गर्ने १२ ओटा ट्यांकरसहति केरुङ जान लागेको प्रवक्त बरालले जानकारी दिनुभयो ।
चीन सरकारले नेपाललाई अनुदानमा दिने घोषणा गरेको १ हजार मेट्रिक टन तेल मध्ये पहिलो चरणमा १ सय टन तेल ल्याउने तयारी भएको उहाको भनाई छ ।
यसैबीच नाकामा आउन सक्ने सम्भावित सुख्खा पहिरोलाई मध्यनजर गर्दै नाका क्षेत्रमा पहिरो पन्छाउनका लागि डोजरहरु समेत तयारी अवस्थामा राखिएको छ । उक्त अनुदानको तेल आइतबार सम्ममा काठमाडौं ल्याइ पुर्याउने निगमको तयारी छ ।
कार्तिक महिनाभरमा अनुदानको तेल ल्याइसक्ने र त्यसपछि नयाँ सम्झौता अनुसार व्यावसायीक रुपमा तेल आयात गर्न शुरु गर्ने निगमले जनाएको छ ।