सप्तरी, १२ कात्तिक ।
राजविराजबाट प्रकाशित हुने ‘कल्याण पोष्ट’ दैनिकको कार्यालयमा चोरी भएको छ । राजविराज–१ स्थित नेपाल पत्रकार महासंघकै भवनको तल्लो कोठामा रहेको सो दैनिक पत्रिकाको कार्यालयमा चोरी भएको पत्रिकाका सम्पादक माला कर्णले जानकारी दिनुभयो ।
राति पत्रिकाको काम सकिएपछि कार्यालय बन्द गरी घर गएको बेला बिहानै पत्रिका लिन आउँदा कार्यालयको सटरको ताल्चा फोडिएको अवस्थामा फेला परेको उहाँले बताउनुभयो । कार्यालयभित्र रहेका एक थान ल्यापटप, एक थान कम्प्युटर र एक थान क्यामेरासहितका सामग्री चोरी भएको छ ।
यसैबीच, नेपाल पत्रकार महासंघ सप्तरी शाखालगायत विभिन्न संघसंगठनको पत्रिकाको कार्यालयमा भएको चोरीको घटनाको भत्र्सना गर्दै राजविराज नगर क्षेत्रमा बढ्दै गएको चोरीको घटनाको अविलम्ब छानबिन गरी घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन ।