काठमाडौ १२ कार्तिक । प्रिमियर क्लव म्यान्चेस्टर युनाईटेड यस वर्षको इंग्लिश लिग कप फुटबल प्रतियोगिताको प्रि क्वाटरफाइनलबाटै बाहिरिएको छ ।
गएराति सम्पनन खेलमा मिडल्सब्रोसँग टाई ब्रेकरमा ३-१ ले पराजित हुँदै दावेदार म्यान्चेस्टर युनाईटेड प्रतियोगिताबाट बाहिरिएको हो ।
खेलको निर्धात ९० मिनेट तथा अतिरिक्त ३० मिनेटमा पनि दुबै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय टाईब्रेकरबाट लिएको थियो ।
यसअघि बुधबार राति भएका खेलहरुमा पराजित हुँदै शिर्ष क्लव आर्सनल र चेल्सी पनि प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline