काठमाडौ १२ कार्तिक ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली २ मा आज बिहान यात्रुबाहक बस दुर्घटना हुदा १० जना यात्रु घाइते भएका छन् ।
सुर्खेतबाट काठमाडौँका लागि छुटेको ना ४ ख ७७ १५ नम्बरको बस तीव्र गतिका कारण अनियन्त्रित भई कल्भर्टमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका मध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
दुर्घटनापछि बस चालक भने फरार रहेका छन् । चालीसजना सवार बसका अन्य यात्रुलाई प्रहरीले अर्को सवारीको व्यवस्था गरी काठमाडौँ पठाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline