काठमाडौं, कात्तिक १२ । काठमाडौं उपत्यकासहित देशका अधिकांशका स्थानमा अहिले वर्षा भइरहेको छ ।
पश्चिमी वायुसँगै अरब सागरमा न्यूनचापिय क्षेत्रको विकासका कारण देशभरको मौसम बदली भएको मौसमविद वरुण पौडेलले बताउनुभयो ।
अरब सागरमा विकसित न्यूनचापिय क्षेत्र विस्तारै पूर्वतर्फ सर्दै गएकाले पूर्वमा पनि झरी पर्ने मौसमविद पौडेलले बताउनुभयो । दिउँसोपख केहीबेर वर्षा रोकिएपनि पुनः वर्षाको सम्भावना छ ।
यस्तै हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । देशभर परेको झरी र हिमाली क्षेमा हिउँ पर्ने भएकाले जाडो बढ्न सक्ने मौसमविदहरुको अनुमान छ । मौसममा सुधार आउन अझै केहीदिन लाग्ने मौसविद पौडेलले बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline