नेपाली खेलाडी विश्व कराते च्याम्पियनसिपमा प्रथम

नेपाली खेलाडी विश्व कराते च्याम्पियनसिपमा प्रथम

  • बुधबार, कार्तिक ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौँ, ११ कात्तिक ।

नेपालका कराते खेलाडी मुक्ति सङ्ग्राम विष्टले अमेरिकाको बाल्टिमोरमा आयोजित ब्याटल अफ बाल्टिमोर विश्व कराते च्याम्पियनसिप–२०१५ मा प्रथम स्थान हासिल गरेका छन् ।

गत असोजको अन्तिम सातामा भएको उक्त प्रतियोगितामा विभिन्न राष्ट्रका १५ खेलाडीलाई पछाडि पार्दै उनले प्रथम स्थान हासिल गरेका हुन् । विष्टले आज यहाँ पत्रकार सम्मेलन गरी यो आफ्नो खेल जीवनकै महत्वपूर्ण उपलब्धि भएको बताए ।

दुई दिने उक्त प्रतियोगिता असोज २९ र ३० गते सञ्चालन भएको थियो । विसं २०३२ वैशाख १५ गते चितवनमा जन्मेका विष्ट खेल क्षेत्रमा आफूलाई परिचित गराउने उद्देश्यले २०४६ सालदेखि क्योकुशिन करातेमा लागेका हुन् ।

उनले सन् १९९५ मा काठमाडाँैमा सम्पन्न एसियन गेम अफ क्योकुशिन कराते च्याम्पियनसिपमा भाग लिनुका साथै इटालीमा आयोजना भएको वाको विश्व किक बक्सिङ च्याम्पियनसिप– २००२ र अमेरिकामा भएको अन्तर्रा्ष्ट्रिय कराते च्याम्पियनसिप– २००३ तेस्रो स्थान हासिल गरेका थिए ।

त्यस्तै, अमेरिकामा भएको मेरिल्यान्ड युएसए खुला कराते प्रतियोगिता–२००३ मा दोस्रो तथा सन् २००९ मा अमेरिकामै आयोजित मर्सर अन्तर्रा्ष्ट्रिय कराते च्याम्पियनसिपमा प्रथम स्थान हात पारेका थिए ।

पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले विदेशमा रहेर पनि खेलकुदको माध्यमबाट राष्ट्रको नाम उच्च राख्नु गौरवको कुरा भएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी